जग्गाको कित्ताकाट फुकुवा गरिने

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले केही समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरिने बताएका हुन् ।
यसबाट घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास लिइएको अर्थमन्त्रीले बताए ।