विद्यार्थीलाई दिवा खाजामा पत्रु खानेकुरा दिन नपाइने, रैथाने कृषि उपजबाट तयार पौष्टिक आहार दिइने
काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ । यसका लागि ८ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।
साथै, दिवा खाजामा पत्रु खानेकुरा (जंक फुड) दिन नपाइने व्यवस्था गरिने पनि उनले बताए । स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराउने व्यवस्था मिलाइने उनले बताए । यसबाट करिब ३२ लाख विद्यार्धी लाभांवित हुने उनको भनाई छ ।