पुराना सरकारी गाडीहरु ६ महिना भित्र लिलामी गर्ने

काठमाडौं । सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोग विहिन अवस्थामा रहेका गाडीहरुलाई ६ महिना भित्र लिलामी गर्ने भएको छ ।
आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारी निकायमा रहेका पुराना र प्रयोग विहीन सवारी साधन लगायतका सामानहरु ६ महिनाभित्र लिलामी गरिने बताएका हुन् ।