९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निः शुल्क
काठमाडौं । सरकारले बजेटमार्फत ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यस्तो सुविधा लिन सकिने बजेट भाषणमा उल्लेख गरिएको छ ।
औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड रुपैयाा बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।
यसैगरी, स्वदेशमा नै उत्पादित औषधि खरिद गर्नका प्राथमिकता दिइने जानकारी दिइएको छ । अधिकांश जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने बजेटमा उल्लेख गरिएको छ ।