बढेन वृद्ध भत्ता
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को बजेटमा जेष्ठ नागरिकको वृद्ध भत्ता यथावत राखिएकाे छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै जेष्ठ नागरिकलाई प्रदान गरिदै आएको भत्ता नबढेकाे खुलाएका हुन् ।
चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई प्रदान गरिदै आएको मासिक ४ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको हाे ।