अर्थमन्त्री डा. प्रकाश शरण महतले आज संसदमा आर्थिक सर्वेक्षण पेश गर्दै

काठमाडौँ । आज आर्थिक सर्वेक्षण प्रस्तुत हुने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण संसदमा पेश गर्ने कार्यक्रम तय भएको संसद सचिवालयले जानकारी गराएको छ ।
नयाँ बजेट आउनुअघि चालु आवको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने प्रचलन छ । अर्थमन्त्री सोमबार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।