‘आईएमई पे’ र ‘केटीएम बबल टी’बीच छुट सम्बन्धी सम्झौता
काठमाडौं | ‘आईएमई पे’ र ‘केटीएम बबल टी’ बीच छुटसम्बन्धी विषयमा सम्झौता भएको छ ।
सम्झौता अनुसार आईएमई पे मार्फत फोनपे क्यूआर स्क्यान गरी भुक्त्तानी गर्ने ‘केटीएम बबल टी’का ग्राहकले १२ प्रतिशत छुट प्राप्त गर्ने छन् । यो अफर १६ साउनसम्म मात्र लागु हुनेछ ।
केही समय यता विभिन्न व्यवसायसँग सम्झौता गर्दै ‘आईएमई पे’ ले क्यूआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ ।