कृषि विकास बैंकद्वारा चिट्ठा तथा उपहार कार्यक्रम नगरेको घाेषणा

काठमाडौं । कृषि विकास बैंकले सामाजिक संजालमार्फत कुनै पनि चिट्ठा तथा उपहार कार्यक्रमको कुनै घोषणा नगरेको जनाएको छ । विभिन्न सामाजिक संजालहरु मार्फत बैंककाे लोगो तथा बैंकसँग सम्बन्धित फोटोहरु प्रयोग भएकाे र विभिन्न लिंकहरु प्रयोग गरी चिट्ठा, उपहार कार्यक्रम आदि जस्ता विभिन्न आर्थिक प्रलोभन देखाई ठगी भएको गुनासोहरु आएपछि बैंकले यस्ताे सुचना जारी गरेकाे हाे।
यसकासाथै खाताको केवाइसी अपडेट गर्नकालागि वा अन्य कुनै प्रयोजनकालागि ओटिपी, लिंक, पिन कोड तथा पासवर्ड जस्ता सुचनाहरु बैंकले नमाग्ने भएको हुँदा कसैले यस्ता गोप्य सुचना वा नम्बर मागेमा नदिन पनि बैंकले अनुरोध गरेको छ । साथै यसबारेमा कुनै जानकारी पाएमा बैंककाे नजिककाे शाखामा फाेन गर्न समेत बताएकाे छ ।