७ कम्पनीले पाए सेयर ब्रोकरको लाइसेन्स, बाँकी लाई आवश्यक भौतिक पूर्वाधार विस्तार गरेपछि क्रमशः लाइसेन्स दिइने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ७ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डको सोमबार बसेको सञ्चालक समिति बैठकले एलओआई पाएका ४३ मध्ये ७ वटालाई ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।
यी कम्पनीले बोर्डले तोकेको मापदण्ड पूरा गरेकाले लाइसेन्स दिने निर्णय भएको हो । एलओआई पाएका बाँकी कम्पनीहरुले पनि आवश्यक भौतिक पूर्वाधार विस्तार गरेपछि क्रमशः लाइसेन्स पाउँदै जानेछन् ।
नयाँ ब्रोकर लाइसेन्स प्राप्त गर्ने कम्पनीहरुमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज रहेका छन् । यसैगरी, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाडले पनि लाइसेन्स पाएका छन् ।