मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अरोगिन हेल्थ केयरमा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले काठमाडौँको विशालनगरस्थित ‘अरोगिन हेल्थ केयर प्रा.लि’ सँग आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले हेल्थ केयर विभिन्न सेवा सुविधाहरूमा विशेष ४५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
अरोगिन हेल्थ केयरले प्रदान गर्ने सेवाहरूमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाह सँगै अन्य विभिन्न सुविधाहरू रहेको छ ।