सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्टिस्टच्यूटबीच सम्झौता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूटबीच बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा आजका दिन हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूटको तर्फबाट निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूटले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका बेड चार्ज, डायग्नाेष्टिक प्राेसिज्याेर, फार्मेसी र हेल्थ प्याकेज सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिका बाट प्रदान गर्नेछ । स्वास्थ्य चेक जाँचमा बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ।