छुट्टै साइबर सुरक्षा ऐन, सरकारी डाटाको सुरक्षा गर्न ‘डिजास्टर रिकभरी सेन्टर’
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत साइबर सुरक्षालाई विशेष प्राथमिक्ता दिएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले साइबर सुरक्षालाई विशेष प्राथमिक्तामा राख्ने घोषणा गरेका हुन् ।
यसका लागि सरकारले छुट्टै साइबर सुरक्षा ऐनको परिकल्पना समेत गरेको छ । राष्ट्रपति पौडेलले राष्ट्रिय साइबर सुरक्षा केन्द्र सञ्चालनमा ल्याउने घोषणा गर्दै ललितपुरमा राष्ट्रिय ज्ञान पार्क स्थापना गर्ने समेत बताए । अत्यावश्यक सरकारी विद्युतीय सेवा सुरक्षित गर्ने लक्ष्यसहित डिजास्टर रिकभरी सेन्टर स्थापना गर्ने समेत उनले घोषणा गरे ।