इन्टरनेटको माध्यमबाट गरिने विज्ञापन तथा कारोबारलाई करको दायरामा ल्याइने

काठमाडौ । सरकारले इन्टरनेटको माध्यमबाट गरिने विज्ञापन तथा अन्य कारोबारलाई करको दायरमा ल्याउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
शुक्रबार संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले इन्टरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन तथा अन्य कारोबारलाई नियमन र करको दायरमा ल्याइने बताए ।