जग्गा खरिद बिक्रीलाई पारदर्शी बनाइने
काठमाडौं । सरकारले जग्गा खरिद बिक्रीलाई पारदर्शी बनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भौगोलिक सूचना प्रणालीमा आधारित जैविक जग्गा मूल्यांकन पद्धतिको विकास गरी जग्गाकाे खरिद बिक्री मूल्यलाई पारदर्शी र यथार्थपरक बनाउने बताए ।
यस्तै सरकारले नक्सा सम्बन्धी कार्यलाई प्रविधियुक्त गराउने र सरकारले संघ, प्रदेश र स्थानीय तहको समन्वयनमा भू-उपयोग योजना तयार गर्ने बताए ।
व्यावसायिक कृषि तथा पशुपालन र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई आवश्यक पर्ने जग्गालाई सरलीकृत गर्ने र उद्योगलाई दिने जग्गाको हदबन्दी सीमा पुनरावलाेकन गर्ने घोषणा सरकारले गरेको छ । बाँझो जग्गा उपयोगका लागि नीतिगत व्यवस्था गर्ने पनि सरकारले घोषणा गरेको छ ।