पेट्रोलिय पदार्थको परनिर्भरता घटाउन विद्युतीय सवारीको उत्पादन र प्रयोगलाई प्रोत्सान गरिने

काठमाडौं । सरकारले पेट्रोलिय पदार्थको परनिर्भरता घटाउन विद्युतीय सवारीको उत्पादन र प्रयोगलाई प्राथमिकतामा राखेको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्युतीय सवारी उत्पादन र प्रयोग बढाउने घोषणा गरेका छन् ।
‘पेट्रोलिय पदार्थको परनिर्भरता घटाउन विद्युतीय सवारीको उत्पादन र प्रयोगलाई प्रोत्सान गरिने छ,’ राष्ट्रपति पौडेलले भने ‘यातायात क्षेत्रमा स्वच्छ नविकरणीय उर्जा प्रयोग गरि कार्वन उत्सर्जन घटाउँदै लगिने छ ।’