सरकारको नीति तथा कार्यक्रमः सहकारीका बचतकर्ताहरूकाे बचतको सुरक्षा गरिने

काठमाडौं । सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने भएको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । यतिबेला बचत सहकारीहरु आर्थिक समस्यामा छन् ।