पुँजी बजारमा एनआरएन भित्र्याइने

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गरिरहेका छन् । पुँजी बजारमा गैरआवासीय नेपाली (एनआरएन) लाई भित्र्याइने उनले बताएका छन् । पुँजी बजारको सुधार र विस्तारका लागि एनआरएन भित्र्याउने नीति लिइएको हो ।
यस्तै, उनले अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको उनले बताएका छन् । रेमिटेन्स बढ्न थालेको र विदेशी विनिमय सञ्चितिमा सुधार भएको उनले बताएका छन् ।