अर्थतन्त्र लयतर्फ उन्मुख : राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थतन्त्रको बाह्य क्षेत्र विस्तारै सहज अवस्थातर्फ अघि बढेको बताएका छन्।
विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन, रेमिट्यान्स आप्रवाहमा वृद्धिले अर्थतन्त्रको बाह्य क्षेत्र सुधारिएको उनले बताएका हुन्।