अब ट्विटरमा २ घण्टासम्मकाे भिडियोहरू अपलोड गर्न सकिने
अब ट्विटरमा निलो टिक पाएका भेरिफाइड सब्सक्राइबरहरूले प्लाटफर्ममा २ घण्टासम्मकाे भिडियोहरू अपलोड गर्न सक्ने भएका छन्। ट्विटरका सीईओ एलन मस्कले ट्वीट गर्दै याे नयाँ फिचरबारे जानकारी दिएका हुन्।
यद्यपि, प्रयोगकर्ताहरूले अधिकतम ८ जीबी सम्मका मात्र भिडियोहरू अपलोड गर्न सक्नेछन्।यसअघि, प्रयोगकर्ताहरूले यस प्लाटफर्ममा एक घण्टा (अधिकतम २ जीबी) सम्मको भिडियोहरू अपलोड गर्न सक्दथे।
सामान्य ट्विटर प्रयोगकर्ताहरूले (नीलो टिक नभएका ग्राहकहरू) भने यो सुविधा प्रयोग गर्न असक्षम हुनेछन्। ट्विटरमा दुई घण्टासम्मको भिडियो अपलोड र सेयर गर्न चाहनेले ट्विटरमा मासिक नीलो टिककालागि सदस्यता लिनुपर्नेछ। ब्लू टिक नभएका सब्सक्राइबरहरूले हाल ट्विटरमा (४० सेकेन्ड २ मिनेट, २० सेकेन्ड) सम्मको भिडियोहरू मात्र अपलोड गर्न सक्छन्।
नीलो टिक भएका सब्सक्रिप्शन वेब प्रयोगकर्ताहरूकोलागि ६५० रूपैयाँ लागत
निलो टिक भएका सब्सक्रिप्शन सेवा भारतमा एन्ड्रोइड र आईओएस मोबाइल प्रयोगकर्ताहरूको लागि प्रति महिना ९०० भारतीय रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ। वेब प्रयोगकर्ताहरूले मासिक ६५० भारतीय रूपैयाँमा ब्लू सदस्यता सेवा प्राप्त गर्न सक्छन्। २०२३ को अन्त्यसम्ममा मस्क ट्विटरलाई आर्थिक रूपमा बलियो बनाउन चाहन्छन्। उनले राजस्व वृद्धि गर्न ब्लू सब्सक्रिप्शन सेवा परिमार्जन गरेका छन्।
वर्ण सीमा गत महिना १०,०००सम्म बढाइयाे
गत महिना ट्विटरले वर्ण सीमा २८० बाट १० हजार पुर्याएकाे थियाे। अर्थात्, अब कुनै सीमा बिना लेख पनि ट्वीटरमा लेख्न सकिनेछ। यति मात्र होइन, अब ट्विटरमा बोल्ड र इटालिक जस्ता टेक्स्टकाे ढाँचा पनि प्रयोग गर्न सकिनेछ। ट्विटरले क्रियटर्सहरूकोलागि माेनिटाइजेशन सुविधा पनि प्रस्तुत गरेकाे थियाे।
ट्विटरले सन् २०२१ देखि ‘सुपर फलो’ विकल्पलाई ‘सब्स्क्रिप्शन’को रूपमा रिब्रान्ड गरेको छ। यसमा प्रयोगकर्ताहरूले विशेष सामग्रीको लागि प्रति महिना ३ डलर, ५ डलर र १० डलर चार्ज गर्न सक्छन्। यसकाे स्पेसेजमा सब्सक्राइबर वनली च्याट पनि समावेश छ।
ब्लू टिक प्रमाणित सदस्यहरूका लागि उपलब्ध विशेष सुविधाहरू
ट्वीट गरेपछि, ३० मिनेट भित्र ५ पटक पोस्ट सम्पादन गर्न सकिनेछ। निलो सदस्यता भएका कंटेंट क्रिएटर्सहरूले मात्र ट्वीटर मार्फत पैसा कमाउन सक्छन्। प्रयोगकर्ताहरूले १०,००० क्यारेक्टरसम्मको लामो ट्वीट गर्न सक्छन्।
एजेन्सी ।