मन्त्रिपरिषद्को बैठकद्वारा सरकारको नीति तथा कार्यक्रम स्वीकृत, आज ४ बजे राष्ट्रपतिले प्रस्तुत गर्ने

काठमाडौ । मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आज बेलुकी ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।