पोखरा मणिपालमा ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसन’ सफल
काठमाडौं । मोफसलमा पहिलोपटक ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसन’(टिएभिआई) सफल भएको छ । शनिबार पोखराको पोखरा मणिपाल शिक्षण अस्पतालमा ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसन’सफल भएको हो ।
बरिष्ठ कार्डीयोलोजिस्ट डा अमित कुमार चौरासिया, डा नवराज पौडेल लगायतको टोलीले एओर्टीक भल्वको सफल प्रत्यारोपण गरेको हो । उनिहरुले ८६ वर्षिय कालिदास तिमिल्सीनाको मुटुमा झण्डै १ घण्टा ३० मिनेट लगाएर सफल ‘टिएभिआई’ गरेका हुन् ।
‘आज गरेको प्रक्रियालाई हामी टिएभिआई वा टिएभिआर भन्ने गछौँ । यो भनेको ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसनररिप्लेसमेन्ट’ हो । मुटुको सबभन्दा मुख्य पाइपमा भल्व हुन्छ, बुवाको त्यो भल्व सुक्यो अथवा साँघुरो भयो भनौँ । जसले गर्दा मुटुका नसाहरुले राम्रोसँग ब्लड पाएन र ब्लड अगाडी जान गाह्रो भयो । जसले गर्दा थाक्ने, मुटु दुख्ने, सास फुल्ने, चक्कर लाउने लगायतका समस्या देखिन्छ ।’ डा. चौरासियाले भने ।
पछिल्लो समय उपचार प्रविधिले फड्को मारेको उल्लेख गर्दै उनि थप्छन्, ‘पहिलो पहिले छाती खोलेर मुटुको शल्यक्रिया गरिन्थ्यो । पछि चाहिँ यो प्रक्रिया टिएभिआई सुरु भएको हो । अहिले छाती नखोली खुट्टाबाटै रिप्लेसपेन्ट हुन्छ । भेन्टिलेटरमा पनि राख्दैनौँ । उहाँ बुवा अब भोलिदेखि नै हिँड्न थाल्नुहुन्छ । सर्जरी गराएको भए उहाँ हप्तादिन अनिवार्य अस्पतालमै रहनुपथ्र्यो ।’