३५ दिनभित्र घरको नक्सा पास गर्न काठमाडौं महानगरको निर्देशन, नगरे कारवाही गर्ने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्र बनाइएका भवनहरुको नक्सा पास गर्न आग्रह गरेको छ । महानगरले बुधबार एक सूचना प्रकाशित गरेर ३५ दिन भित्रमा सार्वजनिक, सरकारी, अर्ध सरकारी, वित्तिय संस्था तथा निजी भवनहरुले नक्सा स्वीकृत गरी सक्नुपर्ने बताएको छ ।
तोकिएको समयमा नक्सा पास नगराएमा त्यस्ता भवनहरुलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र नियम बमोजिम कारबाही गरिने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।
