नागरिक उन्मुक्तिद्वारा ५ दिन नेपाल बन्दको घोषणा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको घोषणा गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ देखि १० गतेसम्म ५ दिन नेपाल बन्दको घोषणा गरेको हो ।
टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै मंगलबार जन्मकैदको फैसला गरेको थियो । त्यसको बिरुद्धमा पार्टीले आन्दोलनको घोषणा गरेको हो ।
