एनआरएनए मलेसियाका सचिव अधिकारी ‘हापा अवार्ड’द्वारा सम्मानित

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका सचिव नारायण अधिकारी मलेसियाको हस्पिटालिटी क्षेत्रको सर्वश्रेष्ठ अवार्ड हापा अवार्डबाट सम्मानित भएका छन् ।
हालै मलेसियामा आयोजित एक कार्यक्रममा एनआरएनए सचिव अधिकारीलाई सम्मानित गरिएको हो ।
अधिकारीले मलेसियामा पर्यटन पवर्द्धन र हस्पिटालिटी क्षेत्रमा गरेको विशेष योगदानको कदर स्वरूप सम्मानित गरिएको जनाइएको छ ।
दुई दशकभन्दा लामो समयदेखि होटेल तथा हस्पिटालिटी क्षेत्रमा आबद्ध अधिकारी यसअघि पनि यस्ता आधा दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानद्वारा सम्मानित भइसकेका छन् ।