अयोग्य लडाकुलाई २–२ लाख बाँड्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश
सवोच्च अदालतले अयोग्य लडाकुलाई २/२ लाख बाँड्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले यस्तो आदेश दिएको हो । सरकारको निर्णयविरुद्ध ज्ञानेन्द्रराज आरणले रिट दायर गरेको थिए । यो विषयमा छलफलका लागि सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।