रेशम चौधरीलाई जन्म कैदको फैसला सर्वोच्चद्वारा सदर

काठमाडौं । रेशम चौधरीलाई जन्म कैदको सजाय सर्वोच्च अदालतले पनि सदर गरेको छ । कैलालीको टिकापुर घटनामा संलग्न रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट उनी जन्म कैदको सजाय सुनाइएको थियो । सोही फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेको हो ।
सर्वोच्चको यो आदेशसँगै अब चौधरीले जन्म कैदको सजाय नै पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जिल्ला र उच्च अदालतले तोकेको जन्मकैदको सजाय सदर हुने फैसला गरेको हो ।
तर सोही मुद्दाका आरोपी सिताराम चौधरी र गंगाराम चौधरीलाई भने सर्वोच्चले सफाइ दिएको छ । सिताराम र गंगाराम जिल्ला र उच्च अदालतको आदेश अनुसार जन्मकैद भुक्तानका लागि जेलमै थिए । उनीहरुलाई आजै थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको छ ।