हिमालय टाइम्स दैनिकका अर्थव्यूरो प्रमुख लेखनाथ पोखरेललाई ज्यान मार्नेे धम्की

काठमाडौं । समाचार लेखेकै निहुँमा एक समूहले हिमालय टाइम्स दैनिकका पत्रकार लेखनाथ पोखरेललाई ज्यान लिने धम्की दिएको छ । पूर्व पत्रकार तथा राष्टिय प्रजातन्त्र पार्टी(राप्रपा) दोलखाका सभापति राजनबहादुर सिवाकोटीका साथ आएका दुइ जनामध्ये एकजना व्यक्तिले सोमबार साँझ हिमालय टाइम्सको कार्यालयमै आएर ‘जथाभावीरुपमा समाचार लेख्ने तपाई नै होइन’ भन्दै धम्क्याएका थिए ।
सिन्धुज्वाला हाइड्रोपावर कम्पनीमा भएको आर्थिक घोटालामा दोलखा जिल्लाका राप्रपा अध्यक्ष सिवाकोटीसँगै राप्रपाको समेत नाम जोडेर समाचार लेखिएको भन्दै उनले धम्कीपूर्ण शैलीमा भन े‘जथाभावी समाचार लेख्ने ? समाचारको स्रोत को हो, मुद्दा हालौं कि के गरौं ? हामीसँग गुण्डाहरु पनि छन्, हाम्रा एउटै नेताका दुइ सय गुण्डा छन्, उनीहरुबाट केही होला नि ? म पनि पत्रकार हुँ, समाचार कसरी लेख्नुपर्छ हामीलाई पनि थहा छ’ भन्दै उनले ज्यान लिने धम्कीसँगै निरन्तररुपमा ममाथि दूव्र्यवहार र दुरुत्साहनपूर्ण आपेक्ष लगाइरहे ।
सुरुमा आफूविरुद्ध किन समाचार लेखियो भन्दै राप्रपा सिवाकोटी कार्यालयमा आएका थिए । सिवाकोटी पनि सिन्धुज्वालामा हाइड्रोको जनसम्पर्क अधिकृतका रुपमा कार्यरतको र उनीसमेत घोटाला सलग्न रहेको समाचार प्रकाशित भएको थियो ।
घटनाको घोर निन्दा र भत्र्सना गर्दै सम्वन्धित व्यक्तिमाथि कारवाहीको लागि पत्रकार पोखरेलले माग गरेका छन् । साथै पत्रकारको जीवन रक्षा, पेशागत सुरक्षा, पेशागत निर्भिकताको वातावरणका लागि सरकार, नेपाल पत्रकार महासंघ, नेपाल आर्थिक पत्रकार संघ, नेपाल आर्थिक पत्रकार संघलगायत सबै सरोकार निकायको गंभीर ध्यानाकर्षण गराएका छन् ।
कुनै पनि किसिमका डर, त्रास, प्रलोभन र धम्कीबाट अलिकति पनि विचलित नभइ आफ्नो कार्यक्षेत्रमा खटिरहने प्रण पनि उनले गरेका छन् ।