आजदेखि २ हप्ता मेलम्चीको पानी काठमाडौंमा नआउने

काठमाडौं । मेलम्चीको पानी दुई हप्ता काठमाडौंमा नआउने भएको छ । मर्मतका लागि मेलम्चीको पानी आज जेठ १ गतेदेखि २ साता रोकिने भएको हो ।
हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।
सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले बताए ।