जनउत्थान सामुदायिक लघुवित्तको नाफा प्रभावित
काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा जनउत्थान सामुदायिक लघुवित्तको खुद नाफा ९३.९२% ले घटेर ३६ लाख १४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड ९३ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खराब कर्जा ह्वातै बढेको तथा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।
एक वर्षको अवधिमा खराब कर्जा ८.२१% ले बढेर ११.४८% पुगेको छ । खुद ब्याज आम्दानी ४८.६६% ले घटेर ६ करोड ९८ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष ६ करोज ५४ लाख ८६ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको यस कम्पनीले यो वर्ष १ करोड ७२ लाख ९ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोर्न परेको छ ।
नाफा घटेसँगै प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य गिरावट आएको छ । प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ८३ पैसाले घटेर २ रुपैयाँ ८३ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ६८ पैसा छ ।