‘आरबीबी म्यचुअल फन्ड–२’ को इकाईमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौँ । आरबीबी मर्चेन्ट बैंकिङले बिक्री खुला गरेको ‘आरबीबी म्यचुअल फन्ड–२’ को १२ करोड इकाईमा आवेदन दिने आज (वैशाख ३१ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
आरबीबीले वैशाख १७ गतेदेखि बन्दमुखी योजना ‘आरबीबी म्यचुअल फन्ड–२’ को कुल १२ करोड इकाई निष्कासन गरेको हो । यसमध्ये १ करोड ८० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५% कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित गरिएको छ ।
बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई खुला गरेको हो । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । यसमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिनुपर्नेछ ।
‘आरबीबी म्यचुअल फन्ड–२’ मा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ । आरबीबी मर्चेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो दोस्रो म्युचुअल फन्ड योजना हो । हाल ‘आरबीबी म्यचुअल फन्ड–१’ सञ्चालनमा रहेको छ ।