म्याग्दीको तातोपानीमा गरिमा विकास बैंकको एटीएम सेवा

काठमाडौँ । गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ स्थित भुरुङ तातोपानीमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । मुस्ताङ्ग आउने जाने पर्यटकहरुलाई लक्षित गरि एटीएम सेवा सञ्चालनमा ल्याइएको बैंक्ले जनाएको छ ।
एक कार्यक्रमका बिच बैंकका संचालक दिपेन्द्र श्रेष्ठ र उक्त गाउँपालिका अध्यक्ष भरतकुमार पुनले संयूक्त रुपमा एटीएम सेवाको उद्घाटन गरेका हुन् ।
म्याग्दीकै पर्यटकीय स्थल भुरुङ तातोपानी भएर मुस्ताङ आउने जाने पर्यटकहरुलाई गरिमा विकास बैैंकको एटिएम काउन्टरले आर्थिक कारोबार गर्न सहज हुने अपेक्षा गरिएको छ ।