साना किसान लघुवित्तको नाफा बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा साना किसान लघुवित्तको खुद नाफा १६.९३% ले बढे ५८ करोड ७६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५० करोड २५ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चुक्ता पुँजीअनुसार नाफा विस्तार हुन नसक्दा प्रतिसेयर आम्दानीमा सामान्य दबाब परेको हो । एक वर्षको अवधिमा चुक्ता पुँजी २६% ले बढेर १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०६ पैसाले घटेर ३९ रुपैयाँ ७५ पैसा पुगेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ८१ पैसा थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । यसले खुद नाफा बढाउन टेवा पुगेको हो ।
खुद ब्याज आम्दानी २७.०३% ले बढेर १ अर्ब २२ करोड ३१ लाख ३९ हजार रुपैयाँ पुगेको छ । साथै, सञ्चालन नाफा पनि १६.८६% ले बढेर ८३ करोड ९७ लाख ४ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ७७ पैसा छ ।