गुराँस लघुवित्त ५४ लाख ९१ हजार रुपैयाँ नोक्सानमा
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा गुराँस लघुवित्तले ५४ लाख ९१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ५ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी घट्दा र सञ्चालन सञ्चालन घाटामा रहेकोले नाफा प्रभावित भएको हो ।
यसको खुद ब्याज आम्दानी २९.४४% ले घटेर ३ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसले ४ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चैतसम्ममा कम्पनी ५४ लाख ९७ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ । नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ २२ पैसा नोक्सानमा छ । यसको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ५२ पैसा छ ।