असल आप्रवासन नीतिले सबै देशहरूको समृद्धिमा सघाउने : विश्वबैंक
काठमाडौं । विश्वभरि नै जनसंख्या प्रौढ हुने गति अभूतपूर्व रूपमा बढ्दा थुप्रै मुलुक आफ्नो दीर्घकालीन प्रगतिको सम्भावनालाई मूर्तरूप दिन आप्रवासनमा भर पर्नुपर्ने अवस्था बनिरहेको विश्व बैंकको एउटा नयाँ प्रतिवेदनले देखाएको छ ।
World Development Report 2023: Migrants, Refugees and Societies (विश्व विकास प्रतिवेदन २०२३ : प्रवासी, शरणार्थी र समाजहरू) नामको प्रतिवेदनले यो प्रवृत्तिलाई आप्रवासनलाई अर्थतन्त्र र मानिसहरूका निम्ति अझ राम्रो काम गर्न सक्ने बनाउने अद्वितीय अवसरको रूपमा पहिचान गरेको छ ।
उक्त प्रतिवेदनअनुसार धनी र बढ्दो रूपमा मध्यम आय भएका मुलुकहरू, जो विगतमा प्रवासी कामदारका मुख्य स्रोतमा पर्थे, ले घट्दो जनसंख्याको सामना गर्दै कामदार र प्रतिभाका लागि विश्वव्यापी प्रतिस्पर्धालाई तीव्र बनाइरहेका छन् । यही बेला ज्यादै न्यून आय भएका मुलुकहरूमा तीव्र गतिमा जनसंख्या वृद्धि हुने अपेक्षा गरिएको छ, जसले उनीहरूलाई युवा जनसंख्याका लागि थप रोजगारी सृजना गर्न दबाब दिनेछ । विश्व बैंकले गरेको एक अध्ययनअनुसार विकसित देशको राम्रो आप्रवासन नीतिले अल्पविकसित मुलुकमा पलायन तथा बसाइँसराइका कारण श्रमशक्तिको अभाव हुन सक्ने खतरा छ । आगामी दशकमा धेरै देशमा काम गर्ने उमेरका वयस्कको अंश तीव्र रूपमा घट्ने प्रतिवेदनमा उल्लेख छ ।
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोट्सेनबर्गले भनेका छन्, ‘समृद्धि र विकासका लागि बसाइँसराइ शक्तिशाली बल हुनसक्छ । राम्रोसँग व्यवस्थित भयो भने यसले सबै कामदारका स्रोत र गन्तव्यलाई लाभ दिन्छ ।’ प्रतिवेदनअनुसार आगामी दशकहरूमा थुप्रै देशमा काम गर्ने उमेरका वयस्कको संख्या तीव्र गतिमा घट्नेछ । ‘सन् २१०० सम्ममा ४ करोड ७० लाख जनसंख्या भएको स्पेनमा मात्रै ६५ वर्षमाथिका मानिसको अंश जनसंख्याको २० प्रतिशतबाट बढेर ३९ प्रतिशत पुग्नेछ । काम गर्ने उमेरको Populationको अभाव हुन जानेछ,’ प्रतिवेदनमा भनिएको छ । जनसंख्या नबढ्ने हुँदा मेक्सिको, थाइल्यान्ड, ट्युनिसिया र टर्की जस्ता देशलाई चाँडै विदेशी कामदार चाहिन सक्ने प्रक्षेपण गरिएको छ ।
यो जनसांख्यिक परिवर्तनबाहेक migrationका कारकहरू पनि परिवर्तन हुँदै छन्, जसले सीमापार आवागमनलाई थप विविध र जटिल बनाउँदै छ । अहिले स्रोत र गन्तव्य मुलुकको पहिचान सबै आय तहमा फैलिएको छ । मेक्सिको, नाइजेरिया, बेलायतजस्ता थुपै्र मुलुक आप्रवासी पठाउने र लिने दुवैमा पर्छन् । पछिल्लो दशकमा शरणार्थीको संख्या झन्डै तेब्बर भएको पनि प्रतिवेदनमा उल्लेख छ । Climate change ले थप आप्रवासनलाई बढावा दिने खतरा रहेको प्रतिवेदनमा उल्लेख छ । अहिलेसम्म जलवायुजन्य बसाइँसराइ मुलुकहरूभित्र मात्रै सीमित छ तर विश्व जनसंख्याको ४० प्रतिशत–– ३ अर्ब ४० करोड जलवायु परिवर्तनको उच्च प्रभाव रहने ठाउँमा बसोवास गर्छन् ।
हालको दृष्टिकोण आप्रवासनको सम्भाव्य विकास लाभलाई बढाउन असफल मात्र नभएर तिनीहरूले संकटमा परेका मानिसलाई ठूलो पीडा दिएको पनि प्रतिवेदनमा उल्लेख छ । ‘विश्व जनसंख्याको लगभग २ दशमलव ५ प्रतिशत अर्थात् १० करोड ४० लाख मानिस (३ करोड ७० लाख शरणार्थीसहित) हरू अहिले आफ्नो मुलुकभन्दा बाहिर छन् । यी व्यक्तिको सबैभन्दा ठूलो अंश (४३ प्रतिशत) विकासशील देशहरूमा रहेको पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ ।
world bank समूहका प्रमुख अर्थशास्त्री तथा डेभलपमेन्ट इकोनोमिक्सका भाइस प्रेसिडेन्ट इन्दरमित गिलका अनुसार यो प्रतिवेदनले आप्रवासन र शरणार्थी नीति निर्माणमा सघाउन सरल र शक्तिशाली फ्रेमवर्क प्रस्ताव गरेको छ । ‘यसले हामीलाई त्यस्ता नीतिहरू गन्तव्य मुलुकले एकतर्फी रूपमा पनि बनाउन सक्ने र गन्तव्य, ट्रान्जिट एवं उत्पत्ति मुलुकद्वारा बहुपक्षीय रूपमा बनाएको खण्डमा त्यसलाई बहुराष्ट्रिय जिम्मेवारीको रूपमा लिन सकिने बताउँछ,’ उनले भनेका छन् ।
उत्पत्ति मुलुकले श्रम आप्रवासनलाई उनीहरूको विकास रणनीतिको स्पष्ट हिस्सा बनाउनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ । उनीहरूले Remittance लागत घटाउनुपर्ने, आफ्ना डायस्पोराबाट ज्ञान हस्तान्तरणमा सहजीकरण गर्नुपर्ने, विश्वव्यापी रूपमा उच्च मागमा रहेका शीपहरू निर्माण गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ । सो गर्दा आफ्ना नागरिकले अन्य मुलुकमा जाँदा राम्रो काम पाउने र प्रतिभा पलायनको प्रतिकूल असरलाई न्यूनीकरण गर्न सकिने, विदेशमा रहेका आफ्ना नागरिकको संरक्षण गर्न सक्ने र फर्किएपछि उनीहरुलाई सहयोग गर्न सकिने बताइएको छ । प्रतिवेदनले बसाइँसराइलाई अझ राम्रोसँग व्यवस्थापन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ ।