खराब कर्जा बढ्दा डिप्रोक्स लघुवित्तको नाफा प्रभावित
काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा डिप्रोक्स लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन् । यसअवधिमा खुद नाफा ३६.३५% ले घटेर ३९ करोड ५६ लाख रुपैयाँमा झरेको भएको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ४३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा पनि प्रभावित भएको हो ।
साथै, यसअवधिमा इम्पेयरमेन्ट चार्ज बढेकाले पनि नाफामा असर गरेको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ७.८५% र ३६.३५% ले घटेका छन् । यता कम्पनीको खराब कर्जा पनि अत्याधिक बढेको छ । गत वर्ष ०.५९% रहेको यसको खराब कर्जा यो त्रैमासमा बढेर ४.४९% भएको छ ।
कम्पनीको अधिकांश सूचक घटेसँगै प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६६ पैसाले घटेर २४ रुपैयाँ २५ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ९१ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ५८ पैसा छ ।