जसपाले निर्वाचित जनप्रतिनिधिहरुको विवरण समावेश भएको पुस्तिका प्रकाशन गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले छाता चिन्हबाट निर्वाचित जनप्रतिनिधिहरुको विवरण समावेश गरी पुस्तक प्रकाशन गर्ने भएको छ । पार्टीको केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागको गत आइतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
स्थानीय तहदेखि संघीय सांसदसम्मको विवरण पुस्तकमा समावेश गरिने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । पार्टीको संयन्त्र र निर्वाचन आयोगसँग पुस्तक प्रकाशनका लागि आवश्यक समन्वय गरिने बस्नेतले बताए ।