नेपाली युवाको सशक्तिकरण : कोका-कोलाको ’युथ डायलोग’ कार्यक्रम अवसर, अन्तर्दृष्टि सँगै प्रेरणा

काठमाडों । कोका-कोला नेपालले ‘युथ डायलग’ कार्यक्रम प्रस्तुत गरेको छ।
तीन प्यानलिस्टहरु- शृष्टि केसी (ब्लाइंडररक्सका संस्थापकअध्यक्ष), सम्पदा मल्ल (मिडिया व्यक्तित्व, लेखक, फिल्म निर्माता) र किरण नेपाली (प्रशिद्ध ब्यान्ड ‘कुटुम्ब’का सदस्य तथा ’प्रोजेक्ट सारंगी’का गुरु०को उपस्थिति कार्यक्रम भएको हो।
‘युथ डायलोग’ कार्यक्रमको प्रमुख विषय प्रेरणा र करिअर रहेको थियो। उक्त विषयमा उनीहरुले आफ्ना व्यक्तिगत शीप र कौशललाई प्रयोग गरेर नेपालको परम्परागत समाजमा कलाकारितामा कसरी अवशरको सिर्जना सकिन्छ भन्ने बारेमा बहस भएको थियो।
२०० भन्दा धेरै विद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमले नेपाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीलाई कलाकारितामा करियर बनाउने दृष्टिकोणका साथसाथै त्यसमा आउने चुनौतीको सामना गर्दै उत्साह र प्रेरणादायक सल्लाह प्रदान गर्न सफल भएको छ।