विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन गर्न राष्ट्र बैंकको प्रभातफेरी
काठमाडौँ । विद्युतीय भुक्तानी प्रवद्र्धन गर्न उद्येश्यले नेपाल राष्ट्र बैंक लगायतका डिजिटल भुत्तानी सेवा प्रदायक संघसंस्थाहरुले शनिवार प्रभातफेरी आयोजना गरेका छन् ।
र्याली बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रिय कार्यालयबाट सुरु भएको थियो। र्यालीमा सहभागिले राष्ट्र बैंकस्थित भुक्तानी प्रणाली विभाग प्रमुख गुरुप्रसाद पौडेलले विद्युतीय भुक्तानीलाई प्रबर्धन गर्न प्रभातफेरी आयोजना गरिएको बताए। नगदको कारोबारमा चोरी हुने खतरा धेरै भएको हुनाले यो विद्युतीय भुक्तानी प्रणाली सुरक्षित रहेको उनको भनाई छ।
उनले भने,‘डिजिटल पेमेन्ट सिस्टमलाई प्रवद्र्धन गर्न आवश्यक छ । यसैका लागि हामीले प्रभातफेरी कार्यक्रम आयोजना गरेका हौँ । डिजिटल पेमेन्ट सिस्टम लागू हुँदा सुरक्षीत मात्र नभई यसले भ्रष्टचारको दरलाई पनि घटाउँछ । त्यसो हुँदा डिजिटल पेमेन्टमा जान अबको आवश्यकता हो ।’
र्यालीले भुक्तानी प्रणाली सुरक्षीत रहेको सन्देश प्रवाह गर्ने सहभागिको भनाई छ । नगद कारोबारको विकल्पमा सजिलो र सुरक्षित विद्युतीय भुक्तानी राजौं, बैदेशिक रोजगारिबाट आर्जन भएको रेमिट्यान्स सधैँ औपचारिक माध्यमबाट मात्रै पठाउ, डिजिटल माध्यमको प्रयोग गरी अमूल्य समयको बचत गरौं जस्ता नारा सहित र्याली आयोजना गरिएको थियो ।