अर्थ मन्त्री डा. महत र जर्मनीका राजदूतबीच भेटवार्ता
स्वच्छ उर्जा, प्रसारण लाइन बनाउन र औषधीजन्य उद्योगमा लगानी गर्न रुची
काठमाडौं । अर्थ मन्त्री डा. प्रकाश शरण महतसंग जर्मनीका राजदूत डा. थोमस प्रिन्जले भेटवार्ता गर्नुभएको छ ।
सो भेटमा राजदूत प्रिन्जले नेपालमा स्वच्छ उर्जा र प्रसारण लाइन बनाउन त्यस क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । साथै उहाँले नेपालमा औषधीजन्य उद्योगमा लगानी गर्न रुची रहेको समेत जानकारी गराउनुभयो ।
अर्थ मन्त्री डा. महतले नेपालमा धेरै लगानी भित्राउने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
Text content