आइएमई जनरल र प्रुडेन्सियल इन्सुरेन्सलाई मर्ज हुन धितोपत्र बोर्डले दियो अन्तिम स्वीकृति
काठमाडौँ । आइएमई जनरल इन्सुरेन्स र प्रुडेन्सियल इन्सुरेन्सलाई एकआपसमा मर्जरमा जान नेपाल धितोपत्र बोर्डले अन्तिम स्वीकृति दिएको छ । बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ अनुसार दुबै कम्पनीलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।
बिमा प्राधिकरणले फागुन १७ गते दुबै कम्पनीलाई मर्जरमा जान पूर्व स्वीकृति प्रदान गरेको छ । यसअघि माघ २७ गते दुई कम्पनीबीच एकआपसमा मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर भएको थियो । दुई कम्पनीबीच प्रारम्भिक सहमति अनुसार १ः१ स्वाप रेसियोमा मर्ज हुने सहमति भएको छ ।