उपेन्द्र यादवको जित जनताको जित हो : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपेन्द्र यादवको जित जनताको जित भएको बताएका छन् ।
नेपाली जनताको क्रान्ति र वलिदानीबाट प्राप्त पछिल्ला राजनीतिक उपलव्धीहरु उल्ट्याउन विभिन्न शक्तिहरु सलबलाउँदै छन् । मुलुकलाई प्रतिगमन तर्फ धकेल्न जबर्जस्त प्रयास भइरहेको छ, बस्नेतले भने ।
प्राप्त उपलव्धीहरुको रक्षा गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा डोर्याउन र जनतालाई अधिकार दिलाउन उपेन्द्र यादवको जितले महत्वपूर्ण भूमिका खेल्न सक्छ, बस्नेतले बताए ।
बस्नेतले भने, मधेसका जनताले परिवर्तको पक्षधर रहेको राजनीनित दल र सबैभन्दा योग्य र सक्षम उम्मेदवार छानेका छन् । उपेन्द्र यादवको जित भनेको जनताको जित हो ।