लक्ष्मी बैंकद्वारा ’नेपाल प्रहरी – लक्ष्मी बैंक छात्रवृत्ति कोष’ को स्थापना
काठमाडौं । लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियान अन्तर्गत बैंक र नेपाल प्रहरी कल्याण कोषबीच २५ लाखको ’नेपाल प्रहरी – लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्झौता भएको छ ।
सम्झौता पत्रमा प्रहरी महानिरीक्षक बसन्त कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहको उपस्थितिमा बैंकको तर्फ बाट रिटेल फाइनान्स सर्भिसेसका प्रमुख दिपेश अमात्य र नेपाल प्रहरीको तर्फबाट नायब महानिरीक्षक केदार ढकालले हस्ताक्षर गरेका हुन् ।
सो छात्रवृत्ति कोषबाट प्रहरी विद्यालयहरुमा अध्ययनरत अमर/सहिद, बहालवाला, पूर्व एवं अवकाश प्राप्त, अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका परिवारका जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ ।
छात्रवृत्तिको छनोट प्रक्रिया नेपालप्रहरीले व्यवस्थापनगर्ने छ भने लक्ष्मी बैंकले आर्थिक सहयोग प्रदानगर्नेछ । यस पहलले लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षितअभियानलाई अझविस्तार गर्नुका साथै योग्य छात्राहरुलाई शिक्षाको माध्यमबाट सशक्त बनाउने कुरामा विश्वस्त रहेको बैंकले जनाएको छ ।
साथै बैंकले आगामी पाँच वर्षसम्म ७ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्वता समेत जनाएको छ ।