लुम्बिनी विकास बैंक लाई ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले लुम्बिनी विकास बैंक लाई ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको छ । बोर्डले बैंकलाई एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न बैशाख १० गते अनुमति दिएको हो ।
बैंकले प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । बैंकले १० वर्षे ११ प्रतिशत एलबीबीएल डिबेन्चर २०८९ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।
उक्त ऋणपत्रमामा वार्षिक ११ प्रतिशत व्याज पाउने बैंकले जनाएको छ ।
बैंकले जारी गर्ने कुल १० लाख कित्ता ऋणपत्रमध्ये ६ लाख कित्ता बैंकले व्यक्तिगत तबरबाट विभिन्न संगठित संघ संस्थाहरुलाई बिक्री गर्नेछ भने ४ लाख कित्ता शेयर मात्रै सर्वसाधारणको लागि निष्काशनमा आउनेछ ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।