रास्वपा र जनमतले चुनाव हारिसके : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले रास्वपा र जनमतले चुनाव हारिसकेको बताएका छन् । रवि लामिछाने र सीके राउतको मतदानस्थलमा देखिएको छटपटाहटले हारको संकेत गरेको बस्नेतले बताएका छन् ।
मंसिरको निर्वाचनमा निर्वाचित रवि लामिछाने र सीके राउत उपनिर्वाचनसम्म आइपुग्दा पराजित मानसिकताको भारीले थिचिएको बस्नेतले बताए ।
विचार र संगठनबीनै काकताली परेर मंसिरमा चुनाव जितेका रवि लामिछाने र सीके राउतलाई उपनिर्वाचनले अन्टसन्ट बरबराउने र लरबराउने बनाएको बस्नेतले बताए ।