तीनै क्षेत्रमा खस्यो मंसिरको भन्दा कम मत

काठमाडौँ । आइतबार उपनिर्वाचन भएका तीन वटै क्षेत्रमा मंसिर ४ को निर्वाचनभन्दा कम मतदान भएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार सबैभन्दा धेरै मत चितवन-२ मा घटेको छ।
मंसिर ४ को चुनावमा ७२ प्रतिशत मतदान भएको यस क्षेत्रमा यसपालि ६२ प्रतिशत मात्र खसेको छ।
तनहुँमा ५२ प्रतिशत र बारामा ६१ प्रतिशत मत खसेको थपलियाले बताए।
तनहुँ-१ मा मंसिरमा ५३ प्रतिशत खसेको थियो भने बारा-२ मा ६४ प्रतिशत मत खसेको थियो।