प्रभु बैंक, आर एण्ड डी इन्नोभेटिभ सोलुसन र इन फिकेयरबीच त्रिपक्षीय सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड, आर एण्ड डी इन्नोभेटिभ सोलुसन र इनफिकेयर प्रालिबीच किसानहरुलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने बिषयमा त्रिपक्षीय सम्झौता भएको छ ।
शुक्रबार भएको सम्झौता पत्रमा आर एण्ड डी इन्नोभेटिभ सोलुसनकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफू, इनफिकेयर प्रालिका निर्देशक सविन मानन्धर र प्रभु बैंकका प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गरे ।
सम्झौता अनुसार किसानहरुलाई सहज ढङ्गले वित्तीय कर्जा उपलब्ध गराउन त्रिपक्षीय सम्झौता भएको बैंकले जनाएको छ । साथै किसानहरूको व्यवसाय विकास र विस्तारमा सम्झौता केन्द्रित हुने बैंकले जनाएको छ ।