राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त
काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त गरेको छ । आर्थिक वर्ष २०८०–८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा.डा. आरपी विछा र प्रभु बुढाथोकीलाई आयोग सदस्यमा नियुक्त गरेको हो ।
नवनियुक्त सदस्यहरू मध्ये पौडेल र विछाले शुक्रवार शपथ ग्रहण गरिसक्नु भएको छ भने बुढाथोकी काठमाडौँ बाहिर रहनु भएकाले शपथ ग्रहण बाँकी रहेको छ । सरकारले यसअघि नै राष्ट्रिय आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा मीनबहादुर श्रेष्ठलाई तथा सदस्यहरूमा रामकुमार फुयाँल र डा जयकान्त राउतलाई नियुक्त गरिसकेको थियो ।
थप तीन सदस्य नियुक्त भएपछि राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।