गरिमा विकास बैंकको नाफा १६.९३% ले घट्यो

काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा १६.९३% ले घटेर ६५ करोड १८ लाख रुपैयाँ कायम भएको छ ।
गत वर्षको यसैअवधिमा यसले ७८ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा १८ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी २८.२८% ले बढ्दा सञ्चालन नाफा १६.९६% ले घटेको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७५ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५७ पैसा रहेको छ ।