नेपाल एसबीआई बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल एसबीआई बैंकको खुद नाफा ३८.७१% ले बढेर १ अर्ब ८० करोड ३२ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ३० करोड २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो ।
खुद ब्याज आम्दानी ४४.७७% ले बढेर ४ अर्ब १३ करोड २१ लाख ६७ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ३८.४५% ले बढेर २ अर्ब ५५ करोड ६८ लाख ५१ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६३ पैसाले बढेर २३ रुपैयाँ ७६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ४७ पैसा पुगेको छ ।