एसियन लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एसियन लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज (चैत ७ गते) अन्तिम दिन हो । वैशाख १८ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले बिहीबार (वैशाख ८ गते) बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।
सभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ८.५०% बोनस सेयर र कर तिर्न ०.४४७% नगद गरी कुल ८.९४७% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँबाट बढाएर ६ अर्ब रुपैयाँ पुर्याउन प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । साधारण सभा होटल क्लासिक सिमरा, बारामा बिहान ११ः३० बजे सुरु हुनेछ ।
हाल एसियन लाइफको चुक्ता पुँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार रुपैयाँ रहेको छ । उक्त पुँजीमा प्रस्तावित ८.५०% बोनस वितरण भएपछि पुँजी ३ अर्ब १५ करोड रुपैयाँ बढी पुग्नेछ ।